निर्वाचन आयोगद्दारा समानुपातिक सांसदलाई प्रमाणपत्र बितरण

Yangle News
Yangle News
२०७९ पुस ३ गते
निर्वाचन आयोगद्दारा समानुपातिक सांसदलाई प्रमाणपत्र बितरण

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका सांसदहरुलाई आइतबार प्रमाणपत्र बितरण गरेको छ ।

आयोगले आफ्नो केन्द्रीय कार्यालयबाट प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिए।

आयोगले प्रतिनिधिसभा अन्तर्गत ११० जना सामानुपातिक सांसद र प्रदेशसभा अन्तर्गत २२० जना सामानुपातिक  सांसदहरुलाई प्रमाणपत्र बितरण गरेको हो ।

प्रदेशसभामा प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।