मालदिभ्सलाई हराउँदै नेपाल साफ अण्डर – १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ए को उपविजेता बनेको नेपालको जितमा १८औं मिनेटमा प्रशान्त लक्सम, ३०औं मिनेटमा समिर तामाङ, ८८औं मिनेटमा निराजन धामी र इन्ज्युरी समयमा पुन: समिर तामाङले गोल गरे । नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्म आयन हसनले रेड कार्ड पाएपछि खेलको ३५औं मिनेटमा दुवै टिम १० खेलाडी सीमित भएको थियो ।
मालदिभ्सका लागि खेलको ५८औं मिनेटमा आदम रसिदले गोल फर्काएका थिए । अब नेपालले सेमिफाइनलमा भारत र भुटानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।