सामसङले सन् २०२२ मा कीर्तिमानी आम्दानी गरे पनि नाफामा भने ६९ प्रतिशतले गिरावट

Yangle News
Yangle News
२०७९ माघ १८ गते
सामसङले सन् २०२२ मा कीर्तिमानी आम्दानी गरे पनि नाफामा भने ६९ प्रतिशतले गिरावट

सामसङले सन् २०२२ को अन्तिम त्रैमासिक र आर्थिक वर्षको वित्तीय नतिजा सार्वजनिक गरेको छ ।

यससँगै सामसङले फेरि एकपटक  ३०२.२३ ट्रिलियन केआरडब्लु (करिब २४४ अर्ब अमेरिकी डलर) को रेकर्ड राजस्व प्राप्त गर्न सफल भएको छ । यो सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो । तथापि सञ्चालन मुनाफा केआरडब्ल्यू भने 43.38 ट्रिलियन छ जुन अघिल्लो वर्षको तुलनामा 15% ले कम हो।

चौथो त्रैमासिक अवधि भने सामसङका लागि कमजोर रह्यो किनकि  विश्वव्यापी आर्थिक मन्दीको कारणले बजारमा स्मार्टफोन र ल्यापटपको माग घट्दा सामसङको नाफामा गिरावट आएको हो । यो घाटा पछिल्लो आठ वर्षयता कै सबैभन्दा धेरै घाटा भएको सीएनएनले उल्लेख गरेको छ ।

यस्तै सीएनएनले प्रकाशित गरेको एक लेखका अनुसार सामसङले गत डिसेम्बरमा आफ्नो तीन महिनाको नाफाको रिपोर्ट सार्वजनिक गरेको थियो ।

उक्त रिपोर्टका अनुसार सन् २०२२ को अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा कम्पनीले साढे तीन अर्ब डलर नाफा कमाएको थियो । सो नाफा अघिल्लो वर्षको सोही समयको नाफा रकम भन्दा ६९ प्रतिशतले कम हो ।

त्यस्तै उक्त समयमा कम्पनीको आम्दानी पनि ८ प्रतिशतले घटेर ५७ अर्ब को हाराहारीमा पुगेको छ । सन् २०१४ को तेस्रो त्रैमासिकपछि कम्पनीले सबैभन्दा बढी घाटा सन् २०२२ मा को चौथो त्रैमासिकमा व्यहोरेको हो ।

सामसङले आगामी वर्ष पनि कठिन रहने अनुमान गरेको छ ।

361 views