बुधवारसम्म वर्षाको सम्भावना

Yangle News
Yangle News
२०७९ चैत्र ६ गते
बुधवारसम्म वर्षाको सम्भावना

स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण  देशभरका विभिन्न स्थानमा आज वर्षा भएको  छ ।  केही स्थानमा आंशिकदेखि सामान्य बदली भई मेघ गर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ । आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र  बाँकी स्थानका केही भूभागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि (मंगलबार) र बुधबार पनि कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।

327 views