ग्वार्को फ्लाइओभर असार पहिलो साताभित्र सञ्चालनको तयारी

Yangle News
Yangle News
२०८२ जेष्ठ ३१ गते
ग्वार्को फ्लाइओभर असार पहिलो साताभित्र सञ्चालनको तयारी

वर्षाले नबिथोलेको खण्डमा आगामी असारको पहिलो साताभित्र ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

वर्षाले नबिथोलेको खण्डमा यही असारको पहिलो साताभित्र ग्वार्को फ्लाइओभर सञ्चालनमा ल्याउने तयारी छ । सडक विभागका अनुसार, फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको छ ।

फ्लाइओभरमा लोड टेस्ट लगायतका काम गरिसकिएको र कालोपत्रे तथा फिनिसिङ लगायतका काम भइरहेको छ । यसपालिको बर्खा सुरु भइसकेको छ । यदि वर्षाले नबिथोलेको खण्डमा आगामी असार पहिलो हप्ताभित्र फ्लाइओभर सञ्चालनमा आउने सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभातकुमार झाले बताए ।

ठेक्का सम्झौताअनुसार, परियोजना दुई वर्षमा बन्नुपर्ने हो । तर, निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगियर जेभीले सम्झौता अवधि गुजार्दा परियोजना एक वर्ष पर धकेलिइसकेको हो । अझ, दुई पटकसम्म म्याद थप हुँदासमेत ठेकेदारले परियोजना पूरा गर्न सकेको छैन ।

खासगरी, निर्माण कम्पनी सुरुवाती डिजाइनअनुसार काम गर्ने बेला पुनः डिजाइन परिवर्तन गर्ने लगायतका कारणले काममा ढिलाइ भएको हो ।