फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को चौथो खेलमा सेनेगललाई ३-० ले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।
खेलको ३८ अौं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको गोलमा अग्रता लियो । पहिलो हाफको अन्तिम मुभमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो ।
पहिलो हाफको अन्तिम मुभमा कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा फोडेनले दिएको बल अघि बढाउँदै केनले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहार गर्दै जारी विश्वकपमा गोलको खाता खोले ।
दोस्रो हाफको ५७ अौं मिनेटमा इंग्ल्यान्डले अर्को गोल थप्यो । यसपटक फोडेनको पासमा बुकायो साकाले गोल गरे ।
इंग्ल्यान्डले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । आजै भएको पहिलो खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गरेको थियो ।