नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

Yangle News
Yangle News
२०७९ चैत्र १० गते
नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

योसँगै कुँवर नेपाल प्रहरीको ३० औं आईजीपी बनेका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर आईजीमा बढुवा भएका हुन् । वरियता क्रममा एक नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरिएको ह्यो ।

३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी धिरज प्रताप सिंह आजबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त आईजी पदमा कुँवरलाई बढुवा गरिएको हो । आईजीमा बढुवा भएका कुँवर डीआईजी बढुवा हुँदा पनि पहिलो नम्बरमै थिए ।

मधेस प्रदेश प्रहरी प्रमुख भएर काम गरेका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन् । अर्घाखाँचीका कुवँर पहिलो नम्बरमा एआईजीमा बढुवा भएका थिए । एआईजीको फुली लगाएको दुई दिनमै उनी आईजीमा बढुवा भएका हुन् ।

331 views