नेपालमा डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले डायुन ईभी कारमा सीमित अवधिका लागि विशेष तथा अत्यन्तै आकर्षक अफर सार्वजनिक गरेको छ ।
अब डायुन ईभी मात्र ३.९९ लाख रुपैयाँ डाउन पेमेन्टबाटै उपलब्ध हुने भएको हो । यसले दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारी साधनलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने सीजी मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
नेपाली सडक अवस्था र ड्राईभीङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको डायुन ईभीले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्मको यात्रा प्रदान गर्दछ । यसमा २०१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ, जुन यस श्रेणीमै सबैभन्दा उच्च हो । साथै, सेग्मेन्टकै उत्कृष्ट फुल इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले सहरी सडकदेखि चुनौतीपूर्ण भू-भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता र आत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्दछ ।
ग्राहकलाई अझ बढी मूल्य र न्यूनतम लागत प्रदान गर्ने उद्देश्यले सि.जी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको छ । यस प्याकेजमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेज समावेश छन् ।
यस अफरका अतिरिक्त, डायुन ईभीमा प्रिमियम तथा सेग्मेन्ट-लीडिङ GB/T चार्जिङ प्रणाली जडान गरिएको छ, जसले सीजी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्दछ । ग्राहकहरूले नेपालभर रहेका २६० भन्दा बढी सीजी फास्ट चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन्, जसले छिटो र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्दछ ।
सीजी मोटर्सले नेपाललाई स्वच्छ ऊर्जामैत्री यातायाततर्फ अघि बढाउने आफ्नो अग्रणी भूमिकालाई निरन्तरता दिँदै, उच्च प्रदर्शन, व्यावहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको ईभी भ्यान नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।