दुई वर्षभित्र सबैको घरमा विजुली पुग्छ : उर्जामन्त्री खड्का

Yangle News
Yangle News
२०८१ साउन ११ गते
दुई वर्षभित्र सबैको घरमा विजुली पुग्छ : उर्जामन्त्री खड्का

 

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।  मन्त्री खड्काले सरकारको सो लक्ष्य पूरा गर्न सहयोगका लागि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले आफ्नो २०औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्युत् विकासको क्षेत्रमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

विद्युत् विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै उनले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत सम्बद्ध सबै पक्ष आग्रह गरे ।