मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

Yangle News
Yangle News
२०८३ मंसिर ६ गते
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आइतबार प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाव कर्णबाट उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जसपा नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । सपथपछि बोल्दै मुख्यमन्त्री यादवले अन्यदलहरुसंग छलफल गरेर मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताउनुभयो ।

मुख्यमन्त्री यादवले प्रदेशको काम केहि सुस्त गतिमा रहेको र अव भने द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त मुख्यमन्त्री यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता भने अनुपस्थित भएका छन् ।