मौसम बदलीसँगै देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातपछि अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ । भारी हिउँ परेरका स्थानमा सडक अवरुद्ध बनेका छन् ।
हिमपातपछि किसान भने हर्षित भएका छन् । लामो समय पानी नपरेर खडेरी सुरु हुने अवस्थामा हिमपात भएपछि किसानमा खुशीयाली छाएको हो । रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको छ ।