अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन् ।
आज बसेको एन्फाको विधानको धारा ३९ (२) र (६) बमोजिम बसेको आकस्मिक भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बित गरिएको हो । उनलाई एन्फा कार्यसमितिले अनुशासनविपरीत काम गरेको भन्दै निलम्बन गरेको छ ।
उनले कार्यवाहक अध्यक्षको रूपमा गरिएको कामहरू संस्थाको अनुशासन दायराबाहिर भएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खड्का आगामी साधारण सभासम्मको लागि निलम्बनमा परेका हुन् । बैठकबाट विधानको धारा ३८ को १४ अन्तर्गत वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बित गरिएको एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा दुई साताअघि महासचिव किरण राईलाई निलम्बन गरेका थिए । महासचिव राईले नै वरिष्ठ उपाध्यक्षलाई अनुशासनको कार्वाही गर्ने एकमात्र एजेन्डा राखेर आज दिउँसो १ बजेका लागि आपतकालीन बैठक बोलाएका थिए ।
एन्फाको विज्ञप्ति :