बाढी पीडित राहत कोषमा नेकपा आमचोक गाउँ पार्टीको ३५ हजार सहयोग

Yangle News
Yangle News
२०८३ भदौ १२ गते
बाढी पीडित राहत कोषमा नेकपा आमचोक गाउँ पार्टीको ३५ हजार सहयोग

भोजपुर । नेपाली कम्युनिस्ट पार्टीको आमचोक गाउँ पार्टी, भोजपुरले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ हजार रुपैयाँ सहयोग गरेको छ।

पार्टीको शुक्रबार बसेको एकता समायोजन बैठकबाट रसुवामा भएको बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। सोही बैठकको निर्णयअनुसार बाढीपीडितको राहतका लागि सहयोग रकम सरकारद्वारा स्थापना गरिएको आधिकारिक राहत कोषमा जम्मा गरिएको नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सदस्य तथा आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो।

अध्यक्ष राईका अनुसार विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले पार्टीका नेता तथा कार्यकर्तामार्फत रकम संकलन गरिएको हो। संकलित रकमलाई पारदर्शी रूपमा सरकारको आधिकारिक कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो।

एकता समायोजन बैठकले विपद्का घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको थियो। साथै, विपद्का बेला राज्य, राजनीतिक दल, सामाजिक संस्था तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।

आमचोक गाउँ पार्टीले आफ्ना नेता तथा कार्यकर्ताबाट संकलन गरेको ३५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेसँगै विपद् प्रभावित नागरिकको राहतमा पार्टीको संस्थागत सहभागिता जनाएको हो।

Yangle News