जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।
तर स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ जना छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् । घाइतेहरुको स्थानीय अस्पताल र सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यस्तै ७ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।