रामबहादुर बम्जन पक्राउ

Yangle News
Yangle News
२०८० पुस २४ गते
रामबहादुर बम्जन पक्राउ

 

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बिवादित पृष्ठभूमिका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

विभिन्न ठाउँमा परेका उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको उनले बताएका छन् ।

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।

साथै लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटकपटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।