संखुवासभाका विशिष्ट व्यक्तित्वलाई काठमाडौंमा सम्मान, ‘कथा सौगात’ लोकार्पण

Yangle News
Yangle News
२०८३ कार्तिक २१ गते
संखुवासभाका विशिष्ट व्यक्तित्वलाई काठमाडौंमा सम्मान, ‘कथा सौगात’ लोकार्पण

काठमाडौं । खाँदबारी सेवा समाजले संखुवासभामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै पहिचान बनाउन सफल व्यक्तित्वहरूको शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ।

संघीय सांसदद्वय माननीय डा. अर्जुन कुमार कार्की र डा. सुजता तामाङ, प्रशासकीय अदालतका अध्यक्ष डा. टेक बहादुर घिमिरे, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. बल बहादुर पराजुलीलाई सम्मान गरेको हो । यसैगरी कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पा र आङदावा शेर्पा, पर्यटन बोर्ड सदस्य तेम्बा शेर्पा, संसद सचिवालयका सचिव प्रकाश अधिकारी र पूर्व विशिष्ट श्रेणी तथा समाजसेवी लोकमान मास्के सम्मानित हुनु भएको हो।

खाँदबारी सेवा समाजका अध्यक्ष दानबहादुर मास्केले संखुवासभालीहरूले विभिन्न क्षेत्रमा उच्च पदमा रहेर देश निर्माणमा महत्वपुर्ण योगदान पुर्याइरहेको स्मरण गर्दै सम्मानित व्यक्तिहरूले समाज रूपान्तरणमा अझ सशक्त भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो। सम्मानित व्यक्तित्वहरूले समाजको सम्मानले अझ जिम्मेवार हुन प्रेरित गरेको बताए।

कार्यक्रममा निर्वाचन आयोगका पुर्व प्रमुख आयुक्त दिनेश थपलिया, पुर्व सचिव दिनेश घिमिरे, शेरबहादुर ढुंगाना, बद्रीप्रसाद चापागाईं, युवराज चिमरिया, जिवनाथ पोखरेल, ललित शाक्य, सुरेश निरौला, दिनेश चिमरिया, दिपेन्द्र बान्तवा राई लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा कथा सौगातको लोकार्पण समेत गरिएको थियो।