स्याङ्जा क्षेत्र नम्बर २ मा पद्मा अर्याल लाई हराउँदै कांग्रेसका धनराज गुरुङ निर्वाचित

Yangle News
Yangle News
२०७९ मंसिर १८ गते
स्याङ्जा क्षेत्र नम्बर २ मा पद्मा अर्याल लाई हराउँदै कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा  क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।

गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत प्राप्त गरेका थिए । १ लाख १६ हजार ६७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।

यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् ।

331 views