स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौं: शशांक कोइराला

Yangle News
रासस
२०७९ कार्तिक १६ गते
स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौं: शशांक कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको बताएका छन्।

आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए।

नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई मंगलबार सम्बोधन गर्दै कोइरालाले बहुमत प्राप्त भएमा स्थिरतासँगै विकास दिने बाचा गरेका थिए।

‘संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन,’ उनले भने।

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको बताएका उनले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताए।

‘जिल्लामा स-साना काम भएकै छन्। अबको कार्यकाल विकासका लागि हो,’ उनले भने। कोइराला केही दिनअघि बिरामी भएका थिए। उपचारपछि उनी पुन: निर्वाचन क्षेत्रमा सक्रिय भएका छन्।

288 views