काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनाव जितेर संसदमा पुगेका नयाँ दलका सांसदहरुमा दम्भ देखिएको बताउनुभयो ।
नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको दोलखाका लोकनायकहरु पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्ने बताउनुभयो ।
सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताउनुभएको हो । उहाँले संसद्मा प्राप्त १ मिनेटको शून्य समयमा बोल्दा समेत सांसदहरूले गम्भीर तयारी, सचेतता र पूर्ण जिम्मेवारीका साथ शब्द चयन गर्नुपर्ने उहाको भनाइ छ । उहाँले विगतमा कांग्रेस–एमाले वा तत्कालीन नेकपासँग भएको दुई तिहाइको शक्ति जनताको असन्तुष्टिका कारण कसरी समाप्त भयो भन्ने इतिहासबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।
मुलुकले अब थप कुनै ’राजनीतिक दुस्साहस’ थेग्न नसक्ने भएकाले पाँच वर्षको कार्यकाललाई रचनात्मक र व्यवस्थित बनाउनुपर्ने उहाको भनाइ छ ।