नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

Yangle News
Yangle News
२०८२ भदौ २७ गते
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, विदेशी कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि सो अवसरमा उपस्थित थिए । तर, बाँकी पूर्वप्रधानमन्त्री र निवर्तमान मन्त्रिमण्डलका सदस्यहरु भने सपथ ग्रहण समारोहमा उपस्थित थिएनन् । त्यस्तै, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल पनि अनुपस्थित भएका छन् ।