ट्वीटरले भेरिफाइड कन्टेन्ट क्रियटरहरूलाई विज्ञापनको लागि भुक्तानी गर्ने भएको छ। ट्वीटरका मालिक इलन मस्कले ट्वीट गर्दै यसको घोषणा गरेका हुन् ।
मस्कले ट्वीटमा लेखे, ‘केही हप्तामा नै कन्टेन्ट क्रियटरहरूको रिप्लाईमा देखिने विज्ञापनको लागि ट्वीटरले भुक्तानी गर्नेछ । क्रियटरहरूका लागि पहिलो पटकमा जम्मा ५० लाख डलर भुक्तानीका लागि छुट्याइएको छ ।’
यो भुक्तानी भेरिफाइड प्रयोगकर्ताहरूले विज्ञापन हेरे वापत मात्र भेरिफाइड क्रियटरहरूलाई दिइने मस्कले ट्वीटमार्फत जानकारी दिए । हालै नयाँ सिइओ लिन्डा याकारिनोले सोशल मिडिया प्लाटफर्मको नेतृत्व लिएपछि यस्तो कदम चालिएको हो ।