यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

Yangle News
Yangle News
२०८३ बैशाख १४ गते
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णयका साथै यससम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।