सशस्त्र प्रहरीका ७ जवान बेहोस, ५ को अवस्था गम्भीर

Yangle News
Yangle News
२०८३ जेष्ठ ८ गते
सशस्त्र प्रहरीका ७ जवान बेहोस, ५ को अवस्था गम्भीर

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज बिहान ७ जना जवान बेहोस भएका छन् ।

सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बेहोस भएका ५ जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । २ जनाको अवस्था भने सामान्य रहेको डीएसपी थापाले बताए ।