कामिरिता शेर्पा ३२औं पटक सगरमाथा शिखरमा

Yangle News
Yangle News
२०८३ जेष्ठ ३ गते
कामिरिता शेर्पा ३२औं पटक सगरमाथा शिखरमा

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आज बिहान १०: १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेक्सले उनले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएको छ । शेर्पा‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान शेर्पाकै नाममा रहेको छ ।

७ जनवरी १९७० मा सोलुखुम्बुको हिमाली गाउँ थामेमा जन्मिएका कामिरिता शेर्पाको विगत र आरोहण पृष्ठभूमि निकै रोचक र संघर्षपूर्ण छ । उनले सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनले विश्वका अन्य अत्यधिक जोखिमपूर्ण र ८,००० मिटरभन्दा अग्ला हिमालहरू केटू , चो ओयु, ल्होत्से, र मनास्लुको समेत धेरै पटक सफल आरोहण गरिसकेका छन् ।