भारतीय पूर्व कप्तान विराट कोहली पुरुष टी–२० विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
उनले महेला जयवर्धनेले बनाएको १०१६ रनको कीर्तिमान तोड्दै विश्व कीर्तिमान राख्न सफल भएका हुन् ।
हाल अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा बंगलादेश विरुद्ध भारतको चौथो समूह खेलमा कोहलीले कीर्तिमान तोडेका हुन् । उनले टी–२० विश्वकपमा ८० भन्दा बढीको औसत र १३० भन्दा बढीको स्ट्राइक रेटका साथ माइलस्टोन पार गरेका हुन् । सातौं ओभरमा सामना गरेको १३ औं बलमा उनले जयवर्धनेले राखेको कीर्तिमान तोडेका थिए ।
आफ्नो पाँचौं टी–२० विश्वकप खेल्दै कोहलीले २३ औं इनिङ्समा १२ अर्धशतक बनाउँदै प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् ।