काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

Yangle News
Yangle News
२०७९ मंसिर ७ गते
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँललाई हराउँदै विजयी भएकी भएकी हुन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्।

गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्। उनीहरूको मतान्तर ३६७४ छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल ११४१४ मत ल्याउँदै तेस्रो स्थानमा छिन्। गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ९४४८ मत ल्याउँदै चौथो स्थानमा छिन्। ।

369 views