नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ ।
आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भाडा छुटको सहमति भएको हो । बैठकले ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत, ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकले जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूको सन्दर्भमा समेत न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबारबाट नै लागु हुने गरी निर्देशन भएको प्राधिकरणले जनाएको छ ।
सूचना: