दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ बर्षको अवसरमा टेलिफोन र इन्टरनेटमा सेवाग्राहीलाई ६५ प्रतिशत छुट दिएको छ । यो छुटमा एनसेको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घटेको उसले जनाइएको छ ।
अनलिमिटेड कम्बो प्याक नाम दिइएको यो सेवा ६ सय ९९ मा प्राप्त हुनेछ ।
जुन यसअघि १ हजार ९ सय ९९ रुपैयाँ पर्ने गरेको थियो । २८ दिनकासम्म प्रयोग गर्न सकिने यो सेवामा कुनै पनि नेटवर्कमा कल गर्न, डेटा चलाउन, दैनिक एकसयवटा एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँचको सुविधा रहेको एनसेलले जनाएको छ ।