पछिल्ला केही दिनयता नेपाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ ।
आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजार ३०० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ६० हजार ४०० सय पुगेको थियो । प्रतितोला सुनको मूल्य गत मंगलबार दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ । चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो । आज एक तोला चाँदीको मूल्य चार हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गएको बिहीबार (पुस २ गते) प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भएर चाँदीको मूल्यमा बनेको कीर्तिमान आज तोडिएको हो ।