तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी

Yangle News
Yangle News
२०७९ मंसिर ८ गते
तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी

तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत ल्‍याएर प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई हराएका हुन ।

पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

284 views