निवर्तमान आइजीपी खापुङ छानबिनमा

Yangle News
Yangle News
२०८२ कार्तिक २७ गते
निवर्तमान आइजीपी खापुङ छानबिनमा

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङलाई काठमाडौंबाट बाहिर जान रोक लगाइएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले आजैदेखि लागू हुने गरी उनीमाथि स्थानहद तोकेको छ । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमणमा पनि रोक लगाइएको हो ।

यसका साथै  उनलाई आयोगको स्वीकृति नलिई काठमाडौं उपत्यका छाड्न नपाउने  व्यवस्थाका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको शर्माले बताए ।

Yangle News