कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनुपर्ने माग राख्दै आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखामा धर्ना दिएका छन् ।
इपिएस प्रमुख श्याम अधिकारीले भीड भएपछि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । हाल उनीहरूलाई सम्झाइ बुझाइ छोडिएको छ । परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरूले इपिएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।