प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले सुदूरपश्चिम प्रदेशका सांसदसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानको बारेमा छलफल गरेका छन् ।
प्रधानमन्त्री शाहले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताउनुभएको डोटीका सांसद भरत खड्काले जानकारी दिए । सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवम् स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि सांसद खड्काले बताए । सांसदले उठाएका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री साहले आश्वासन दिएका छन् ।
प्रधानमन्त्री साहले हिजो कोशी र कर्णाली प्रदेशबाट संसदमा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका सांसदसँग छलफल गरेका थिए ।