‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट शो’मा २८ प्रतियोगी

Yangle News
Yangle News
२०८२ भदौ ११ गते
‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट शो’मा २८ प्रतियोगी

‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी छानिएका छन् । काठमाडौंमा आयोजित छनोट चरणको अडिसनबाट यी प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।

अडिसन चरणमा ९० बढी सहभागीले गायन, नृत्य, अभिनयलगायत थुप्रै विधामा प्रतिभा प्रदर्शन गरेका थिए । ती मध्येबाट गायन, नृत्य, अभिनयलगायत विधा समेट्दै २८ प्रतियोगी छानिएका हुन् ।

नेपाली बालबालिका र युवाले आफ्नो कला, सिर्जनशीलता र प्रतिभा विश्वसामु गर्वका साथ प्रस्तुत गर्नसक्ने बनाउन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताको इभेन्ट निर्देशक रमेश जंग शाहीले बताएका छन् । प्रतियोगीताले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिभा र फेसनको क्षेत्रमा मात्र नभएर विश्वस्तरमा नेपाली युवालाई चम्किन सक्ने अवसरको ढोका समेत खोल्ने उनको विश्वास छ ।