खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनका सञ्चालक मदन राई बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
कृषिविज्ञ राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
राईलाई आज दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए ।
आफ्ना विद्यालयमा अध्ययनरत बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउने, संवेदनशील अंगहरु छुने र यौनका कुरा गरि दूराचार गरेको समाचार बिहीबार सेतोपाटी अनलाईन पोर्टलमा प्रकाशित भएको थियो ।
सेतोपाटीले प्रकाशन गरेको समाचारमा पीडित बालबालिकाका भनाइसहित राईको अश्लील हर्कत झल्किने भिडियो सामग्री पनि सार्वजनिक गरेको थियो ।