आईसीसी विश्वकप क्रिकेट लिग-टू अन्तर्गत नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको त्रिदेशीय एकदिवसीय श्रृंखला स्थगित भएको छ ।
मध्यपूर्वको तनावलाई ध्यानमा राख्दै नेपालमा तय भएको लिग-टू श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । यो श्रृंखला यही फागुन २६ देखि चैत ६ गतेसम्म काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि मैदानमा हुने तय भएको थियो ।
अर्को सूचना नआएसम्मका लागि लिग-टू श्रृंखला स्थगित गरिएको थप परामर्शपछि नयाँ मिति घोषणा गरिने क्यानले जनाएको छ । युद्धका कारण मध्यपूर्वमा हवाई मार्ग बन्द भएपछि ओमान र यूएईको टोली नेपाल आउन नसकेका हुन् । श्रृंखलाका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको थियो ।
आठ वटा देश सहभागी लिग-टूमा नेपाल २० खेलमा १२ अंकसहित सातौं स्थानमा छ । यस्तै ओमान २४ अंकसहित चौथो र यूएई १० अंकसहित पुछारमा छ ।
सूचना :