पलेशा गोवर्धनले दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी-४) मा काँस्य पदक जितेकी छन् ।
मलेसियाको कुचिङमा शुक्रबार भएको प्रतियोगितामा पलेशाले के–४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी काँस्य जितेकी हुन् । उनले पहिलो राउन्डमा १०-६ र दोस्रो राउन्डमा १३-० ले जित निकालेकी हुन् । उनी सेमिफाइनलमा भने चीनकी कि युजिसँग पराजित भइन् ।
जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए ।