काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तेस्रोपटक जित निकालेका छन् ।
काठमाडौँ ४ बाट थापाले फराकिलो मतान्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरेका हुन् । थापाले भट्टराईसँग सात हजार ४४६ मतान्तर बनाएका हुन् ।
थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत पाए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।