आज महाशिव रात्रीका दिन पशुपति क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री शुसीला कार्कीले आराध्यदेव शिवजीको पशुपति मन्दिरमा पुगेर पुजा अर्चना गर्नुभएको छ ।
महाशिवरात्रीका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।
देशभरका भगवान शिवजीको मन्दिरहरुमा भक्तजनकाे घुइँचाे लागेको थियो ।