यहि जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको हो । निगमले उडानको तालिका नै सार्वजनिक गरिसकेको छ ।
निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।
निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान थाल्ने भएको हो । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।
क्वालालाम्पुर-भैरहवाको प्रमोशनल भाडादर १२ हजार ७ सय रुपैयाँ तोकेको छ । क्लावालाम्पुर–भैरहवा–काठमाडौं रुटको प्रमोशनल भाडादर १४ हजार ७२० रुपैयाँ तोकिएको छ ।