यी ६ एन्टिबायोटिक अब खुद्रा फार्मेसीले बेच्न नपाउने

Yangle News
Yangle News
२०८१ फाल्गुन २७ गते
यी ६ एन्टिबायोटिक अब खुद्रा फार्मेसीले बेच्न नपाउने

औषधि व्यवस्था विभागले ६ समूहका एन्टिबायोटिक औषधि खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ ।

विभागले रिजर्भ वर्गमा राखेका औषधि खुला बिक्रीमा रोक लगाएको हो । रोक लगाइएकामा पोलिम्याक्सिन बी, मेरोपेनम, पिप्रासिलिन, भ्यान्कोमाइसिन, कोलिस्टिन र लिनिजोलिड छन् । यी ६ समूहका औषधि चिकित्सकको सिफारिसमा अस्पतालको फोर्मसीबाट मात्रै बिक्री गर्न पाइने विभागले जनाएको छ ।

एन्टिबायोटिक औषधि प्रयोगको असरबाट हुने प्रतिजैविक प्रतिरोधको अवस्था नियन्त्रण गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

Yangle News

 

99 views