समानुपातिकतर्फ बन्दसूचीबाट हट्यो ७६ जनाको नाम

Yangle News
Yangle News
२०८२ माघ १९ गते
समानुपातिकतर्फ बन्दसूचीबाट हट्यो ७६ जनाको नाम

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा रहेका ७६ जनाको नाम हटाएको छ ।

बन्दसूचीका सम्बन्धमा परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना र निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जनाको नाम सूचीबाट हटाइएको छ ।

यसैगरी, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना र महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जनाको नाम समेत सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना र माथि उल्लिखित कारणमध्ये एकभन्दा बढी कारण भएका २ जनाको नाम बन्दसूचीबाट हटाइएको छ ।

सूचना :

Yangle News

Yangle News Yangle News Yangle News Yangle News Yangle News