तत्कालीन तीन उच्च अधिकारीको स्थानहद फुकुवा

Yangle News
Yangle News
२०८२ पुस ८ गते
तत्कालीन तीन उच्च अधिकारीको स्थानहद फुकुवा

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका तीन उच्च अधिकारीको स्थानहद फुकुवा गरेको छ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविराज रिजाललाई आयोगले भ्रमण फुकुवा गर्ने निर्णय गरेको हो ।

आयोगले तीनै जनाको बयान सकेपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई आज फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

सोमबार बसेको आयोगको बैठकले तीनै जनाको स्थानहद खुला गरेको हो ।

Yangle News
Screenshot