नेपालले लगातार दोस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को ग्लोबल अवार्डअन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ ।
शनिबार सिंगापुरमा सम्पन्न सम्पन्न आइसीसीको वार्षिक कन्फरेन्समा नेपाललाई यो अवार्ड प्रदान गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे । नेपालले गत वर्ष पनि डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।
नेपाल एसियाली क्षेत्रको विजेताका रूपमा ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्डको ग्लोबल मनोनयनमा परेको थियो । यो अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया थिए ।