पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

Yangle News
Yangle News
२०८२ कार्तिक २४ गते
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा आज सम्पन्न फाइनल खेलमा पुलिस अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफलाई १-० गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो । उपाधि विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोल नै पुलिसको जितका लागि निर्णायक बन्यो ।

यसअघि सेमिफाइनल चरणमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई र एपीएफले आर्मीलाई पराजित गरेको थियो ।