सवारी चालक अनुमतिपत्रको म्याद अब १० वर्ष

Yangle News
Yangle News
२०८२ साउन १६ गते
सवारी चालक अनुमतिपत्रको म्याद अब १० वर्ष

अब सवारी चालक अनुमति पत्रको म्याद १० वर्षसम्म कायम रहने भएको छ । केही नेपाल ऐन संशोधनमार्फत सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरिएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको छ । यसअघि ५ वर्षसम्म मात्रै म्याद कायम रहने व्यवस्था थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् । त्यस्तै दफा ५६ को उपदफा (३) मा रहेका ‘पाँच वर्षसम्मको’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्मको’ भन्ने शब्दहरू राखिएका छन् ।

यस्तै जाँचपासको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक वर्षसम्म र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ ।

Yangle News