एमालेले गर्यो प्रतिनिधिसभा बैठक अवरोध

Yangle News
Yangle News
२०८० जेष्ठ १२ गते
एमालेले गर्यो प्रतिनिधिसभा बैठक अवरोध

 

प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए ।

सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा सुनको जलहरी लगाउने नाममा पित्तलको जलहरी लगाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद् चल्न नदिने अडान लिएका थिए ।

यसैबीच,  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएसम्म संसद् चल्न नदिने अडान राखेका थिए ।

327 views