प्रतिनिधि सभाको बैठक भोलि बस्ने  

Yangle News
Yangle News
२०८० असार २४ गते
प्रतिनिधि सभाको बैठक भोलि बस्ने  

 

आजका लागि तोकिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी भोलिका लागि सरेको छ । सङ्घीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो ।

महासचिव गौतमले प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले बैठक सोमबारका लागि निर्धारण गर्नुभएको सूचना मार्फत जानकारी गराएका हुन ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधि सभाको बैठक अपराह्न ३ बजेका लागि सारेका थिए ।

यसअघि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले बुधबारदेखि जारी प्रतिनिधि सभाको अवरोध हटाउने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डको पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने सहमति भएको थियो ।

299 views