मेस्सीको उत्कृष्ट प्रदर्शन, अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

Yangle News
Yangle News
२०७९ मंसिर १८ गते
मेस्सीको उत्कृष्ट प्रदर्शन, अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा लियोनेल मेस्सीले गरेका गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो।

Yangle News

मैदानमा ४५ हजार दर्शकसामु पहिलो हाफमा मेस्सीकै गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो हाफमा जुलियन अल्भारेजले गोल थपे । अन्त्यतिर अष्ट्रेलियाले गोल थपेपनि उक्त गोल नतिजा बदल्न पर्याप्त रहेन ।

क्वाटरफाइनलमा अर्जेन्टिनाल नेदरल्यान्ड्सको सामना गर्नेछ । आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।

329 views