संघीय संसदको हिउँदे अधिवेशन अन्त्य

Yangle News
Yangle News
२०८१ चैत्र १९ गते
संघीय संसदको हिउँदे अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरु भएको थियो ।

विज्ञप्ति :

Yangle News